Skip to content
Prabhu

प्यालेस्टिनका चार सहरमा एकै साथ आक्रमण

एजेन्सी । इजरायलले वेस्ट बैंकमा ठूलो सैन्य अभियान सुरु गरेको छ । जसमा कम्तिमा नौ जना प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायलले यस घटनामा नौ जनाको मृत्यु भएको भनेका  छन् भने प्यालेस्टिनी अधिकारीहरूले भने कम्तिमा ११ जनाको मृत्यु भएको दाबी गरेका छन् ।
प्यालेस्टिनी अधिकारीहरूले भने अनुसार, जेनिनमा सशस्त्र संघर्ष र ड्रोन आक्रमणमा छ जना मरेका छन् भने जोर्डन उपत्यकाको अल–फरा शरणार्थी शिविरमा हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।
इजरायल विदेशमन्त्री इजरायल कात्जले इजरायली सेना जेनिन र तुल्करमका शरणार्थी शिविरहरूमा पूर्ण शक्तिका साथ काम गर्दैछ । इजरायल रक्षा बलहरू, सुरक्षा सेवाहरू, र प्रहरीले संयुक्त रूपमा वक्तव्य जारी गर्दै यसलाई आतंकवाद विरोधी अभियान भनेर व्याख्या गरेका छन् ।
वक्तव्यमा जेनिनमा सुरक्षा बलहरूलाई खतरा बनाएका तीन जना सशस्त्र आतंकवादीहरूलाई हवाई आक्रमणमा मारिएको उल्लेख छ । दुई दशकमा यो वेस्ट बैंकमा इजरायलको सबैभन्दा ठूलो सैन्य अभियान हो । जसमा कम्तिमा चार प्यालेस्टिनी सहरहरूलाई एकै पटक निशाना बनाइएको छ । यी सहरहरूमा जेनिन, तुल्करम, नेब्लस, र टुबास समावेश छन् ।
सैन्य कारबाहीपछि प्यालेस्टिनी प्रशासनका राष्ट्रपति महमूद अब्बास आफ्नो साउदी अरब भ्रमण बीचमा छोडेर फिर्ता आएका छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal