Skip to content
Prabhu

रिद्धिसिद्धी सिमेन्टले व्यापार ५ अर्ब ८१ करोड बढी

काठमाडौं । रिद्धिसिद्धी सिमेन्ट लिमिटेडको व्यापारमा केही सुधार देखिएको छ । कम्पनीले सन् २०२४ को व्यापारमा सुधार भएको हो ।

सन् २०२३ मा व्यापारमा गिरावट आएको सिमेन्टको २०२४ मा भने ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ व्यापार भएको छ । सन् २०२३ मा भने कम्पनीले ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाखको व्यवसाय गरेको कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको थियो ।

व्यापारिक समूह शंकर र अम्बे ग्रुपको सामूहिक भेन्चरका रुपमा यो कम्पनी सञ्चालित छ । विवरणअनुसार सन् २०२१ मा २६.१८ प्रतिशत मार्जिन रहेको कम्पनीको सन् २०२२ मा मार्जिन १८.०३ प्रतिशतमा सीमित भएको थियो । त्यसपछि सन् २०२३ मा यसको मार्जिन १८.७२ प्रतिशत पुगेको थियो । सन् २०२४ मा भने यसको मार्जिन २४.८१ प्रतिशत पुगेको छ ।

सिमेन्ट र क्लिंकरको उत्पादन तथा बिक्रीका लागि यो कम्पनीसँग ग्राइन्डिङका लागि ७ लाख ३० हजार मेट्रिक टन प्रतिवर्षको उत्पादन क्षमता रहेको छ । त्यस्तै, क्लिंकर उत्पादनका लागि ८ लाख ४० हजार मेट्रिक टन प्रतिवर्षको क्षमता रहेको छ । कम्पनीले रिद्धि सिद्धी र मकवानपुर सिमन्ट ब्राण्ड नाममा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गर्दै आएको छ । यसको उत्पादन कारखाना हेटौंडा रातेमाटेमा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal