Skip to content

कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । संघको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट संघको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित गरेका हुन् ।

यस्तै, संघको उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओम प्रकाश अग्रवाल र सदस्यहरुमा क्रमशः केशवकुमार कार्की, विनोदकुमार अग्रवाल, दिलिपकुमार अग्रवाल, मोहितकुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् । देशभर छरिएर रहेका कत्था उत्पादकहरुको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरु आबद्ध छन्।

वस्तु निकासीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौलाई रोजगारी प्रदान गरिरहेको छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कूल निकासी व्यापारमा यस क्षेत्रको १.४ प्रतिशत योगदान रहेको छ ।

स्वदेशी कत्था उद्योगहरुले भारत, बंगलादेश, पाकिस्तान लगाएतका छिमेकी मुलुकहरुमा उत्पादन निर्यात गर्दै आइरहेका छन् । शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बद्र्धन र प्रवद्र्धनमा राज्यको अहम भूमीका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T