Skip to content
Prabhu

महासंघ र ट्रेड युनियनबीच श्रम समस्या समाधान गर्न फोरम स्थापना

काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । दुई संस्थाहरुले भदौ १३ गते श्रमसम्बन्धी समस्या समाधान गर्नका लागि सहमति गरेका हुन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।

बैठकमा ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुंवरले गत मंसिरमा भएको समझदारीपत्र समीक्षा गर्नका साथै आगामी दिनहरुमा आउनसक्ने चुनौतीहरुको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ बढाउँदै जानुपर्ने जरुरी रहेको बताए ।

यस्तै GEFONT  का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुईपक्ष रूपममा कार्यसमिति निर्माण गरी अगाडि बढन जरुरी रहेको कुरा बताए ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनुपर्ने विषयमा छलफल बैठक आयोजना हुनुपर्ने कुरालाई जोड दिइन् । साथै, दुईपक्षीय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरु सरकारमा जानुभन्दा अगाडि दुई पक्षका बीच छलफल हुनका साथै अन्तर्रास्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्विपक्षीय छलफल जरुरी रहेको बिषयलाई जोड दिइएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal