Skip to content
Prabhu

सुनको मूल्य ३ दिनदेखि स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्ला तीन दिन सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुन त्यस पछिका दिनमा घटबढ नभएको हो ।

आज पनि सुन सोमबारकै मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला केही दिन सुनको मूल्य स्थिर रहेको हो ।

महासंघका अनुसार आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४९५.४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस चाँदी २८.०४ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal