Skip to content
Prabhu

इन्ड्राइभका ड्राइभर पार्टनर्सहरु र उनीहरूका बालबालिकाहरूको लागि मर्चेन्डाइज डिष्ट्रिब्युशन र ट्रेनिङ सेसन्स आयोजना

काठमाडौं । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा गरेको छ । यो इनिशियटिभ इन्ड्राइभका ड्राइभर पार्टनर्सहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गरेर सहभागी हुन र समर्थन गर्नमा केन्द्रित रहेको हो ।

इन्ड्राइभले आफ्ना ड्राइभर पार्टनर्सहरु र उनीहरुका छोराछोरीहरूलाई जुत्ता र टी–सर्टहरू लगायतका विशेष मर्चेन्डाइज वितरण गरेको छ । मर्चेन्डाइज उपहारको अतिरिक्त, बालबालिकाहरुको लागि एउटा ट्रेनिङ सेसनको आयोजना गरेको छ । यो सेसन युवा मष्तिष्कलाइ इन्साइट र दक्षता प्रदान गरेर सशक्तिकरण र प्रेरित गर्न डिजाइन गरिएको हो । यो ट्रेनिङले उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा फाइदा पु‍र्याउनेछ ।

इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको लागि उपहारको पनि आयोजना गरिरहेको छ। यस अन्तरगत, योरपेस तालिममा भाग लिइरहेका ड्राइभर पार्टनर्सका बालबालिकाहरूले ट्याब्लेट जित्ने मौका पाउनेछन् । यसका साथै इनड्राइभ ड्राइभर पार्टनर्सहरुलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुईवटा विद्युतीय सवारी (ईभी) उपहार दिइनेछ ।

इनड्राइभको हेड अफ स्पोर्टस् अन्ना फेडोरचुकले भनिन्, ‘इन्ड्राइभको सफलता हाम्रो चालक समुदायको शक्ति र प्रतिबद्धतामा आधारित रहेको छ। यो इनिशियटिभ ड्राइभर पार्टनर्सहरूलाई मात्र नभई तिनीहरूका परिवारको संलग्नताका लागि पनि केन्द्रित रहेको छ। यसले हाम्रो इन्ड्राइभ परिवारमा खुसी र सकारात्मक प्रभाव ल्याउनेछ भन्ने अपेक्षा गरेकी छु ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal