Skip to content
Prabhu

अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो, युरोको बढ्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलर र बेलायती पाउण्डको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । आज अमेरिकी डलरको विनियदर एक पैसा र पाउण्डको मूल्य १६ पैसोल घट्दा युरोको १८ पैसाले बढेको हो ।

केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार बेलायती पाउण्डको मूल्य पनि केही घटेको छ । आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा रहेको थियो ।

बिहीबार युरोको विनिमयदर भने बढेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो दिन युरो एकको खरिदर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा पुगेको छ ।
यता क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३६ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०७ पैसा कायम भएको छ ।

त्यस्तै आज जापानी ऐन दशको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा कायम भएको छ ।

त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २१ पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal