Skip to content
Prabhu

सुनको मूल्य आज पनि स्थिर, चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । अघिल्ला तीन दिन स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा ३०० रुपैयाँ घटेदेखि सुनको मूल्यमा घटबढ भएको छैन ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४९५.४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.०४ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal