Skip to content
Prabhu

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४१ पैसा छ । 

अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४२ पैसा कायम छ । 

जापानी येन १०को खरिददर ९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९ रुपैयाँ ०८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा कायम छ । 

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३ रुपैयाँ ७८ पैसा कायम  छ । 

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२ रुपैयाँ ८३ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७ रुपैयाँ ०१ पैसा कायम छ ।  कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७८  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७६ पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal