Skip to content
Prabhu

गोप्य फोन कल र कोड : उत्तर कोरियामा पैसा पठाउने खतरनाक व्यवसाय

एजेन्सी । उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा आएकाहरु प्रत्येक वर्ष आफ्नो घर पैसा पठाउँछन् । तर अब भने पैसा पठाउने काम जोखिमपूर्ण बनेको छ । किनभने दुवै देशले गैरकानूनी मनी ट्रान्सफरमाथि प्रतिबन्ध लगाउने प्रयास गरिरहेका छन् ।

एक दशकभन्दा बढी समयदेखि दक्षिण कोरियामा ब्रोकर रहेका ह्याङ्ग जी सुंग भन्छन्, “यो एउटा जासुसी चलचित्र जस्तै हो । पैसा पठाउनका लागि मानिसहरु आफ्नो जीवन दाउमा लगाउँछन् ।”  ह्याङ्ग आफै पनि उत्तर कोरियाबाट भागेर दक्षिणमा आएका थिए । र, उनलाई उनले गरिरहेको काम कति जटिल र गाह्रो छ भन्ने पनि राम्रोसँग थाहा छ । यसका लागि दक्षिण कोरिया, चीन र उत्तर कोरिायमा रहेका ब्रोकर र कुरियरमा काम गर्नेहरुको एक निकै गोप्त नेटवर्क आवश्यकता पर्छ । 

चीनबाट तस्करी भइ आएको फोनबाट दूरदराजमा फोन गरिन्छ । यसका लागि कोड भाषाको प्रयोग गरिन्छ । तर यसमा खतरा पनि उत्तिकै हुन्छ । यदि यो काम गर्दागर्दै पक्राउ परियो भने उत्तर कोरियालीहरु मुलुकको बदनाम राजनीतिक कैदीहरु भएको क्याम्प, क्वान ली सोमा जानुपर्ने अवस्था आउनसक्छ । यो ठाउँमा कैयन वर्षमा हजारौँको मृत्यु भइसकेको छ । 

उत्तर कोरिञयाली मानव अधिकारका लागि डाटाबेस सेन्टरले सन् २०२३ मा एक सर्वे गरेको थियो । जसमा उत्तर कोरिया छाड्नेहरुमध्ये ४०० को मृत्यु भइरेको छ । सर्भेमा ६३ प्रतिशतले उत्तर कोरियामा रहेका आफ्ना परिवारलाई पैसा पठाइरहेका छन् । तर सन् २०२० देखि उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा आइरहेको पैसालाई लिएर दक्षिण कोरियाबाट आउने प्रतिक्रियावादी विचारधारा तथा संस्कृतिलाई रोक्नका लागि ब्रोकरलाई निशाना बनाउन सुरु गरेका थिए । ह्ङ्यागकि श्रीमति जु सु येआन पनि ब्रोकर नै हुन् । उनी भन्छिन्, “पछिल्लो केही वर्षमाको तुलनामा उत्तर कोरियामा यस्ता ब्रोकरको सख्या ७० प्रतिशतभन्दा बढीले कम भएको छ ।”

दक्षिण कोरियाले पनि यस प्रकारको मनी ट्रान्सफरमाथि प्रतिबन्ध लगाइसकेको छ  ।   गत अप्रिलमा  सिओल नजिक ग्येओसी प्रान्तमा ह्याङ र उनकी पत्नी जूको घरमा प्रहरीले छापा समेत मारेको थियो । उनीहरुमाथि विदेशी मुद्रा कारोबार ऐनको उल्लंघनको आरोप लगाइएको थियो । त्यसमा सूको नाम पनि थियो । त्यसबाहेक अन्य ब्रोकरविरुद्ध पनि जाँच चलिरहेको थियो । 

तर ब्रोकरहरु खुलारुपमा भने कुराकानी गर्न चाहन्नन् । ह्याङ भने दक्षिण कोरियाबाट उत्तर कोरियामा पैसा पठाउने काम वैध बैंकका माध्यमबाट हुनुपर्ने भन्दै आएका छन् । “पैसा पठाउनका लागि कुनै पनि कानूनी बाटो छैन । दुवै देश युद्धको अवस्थामा छन् । उत्तर कोरियामा कुनै पनि संस्था पैसा स्वीकार गर्ने अवस्थामा छैन”, उनले भनेका छन् । 

सन् २०२० मा उत्तर कोरियाले संयुक्त सम्पर्क कार्यालय बन्द गरिदिएको थियो । त्यसपछि दुवै देशबीचको सम्बन्ध बिग्रँदै गएको छ । यद्यपि किम जोङ उनले दक्षिण कोरियासँग एकीकरणको लक्ष्य सम्भव नभएको बताइसकेका छन् । जबकी संविधान मै यो लक्ष्य निर्धारण गरिएको थियो । 

सीमाको आरपार भइरहेको यो अवैध नगद हस्तान्तरण, दक्षिण कोरियामा आएका उत्तर कोरियालीहरुको उनको परिवारसँगष्को फोनमा कुराकानीबाट सुरु हुन्छ । यो कल सीमासँग नजिक भएका प्रान्तहरुमार्फत हुन्छ जहाँ चीनको नेटवर्क आउँछ । त्यहाँ चीनबाट तस्करी गरी ल्याइएका फोनमार्फत कुराकानी गरिन्छ । यो फोनको व्यवस्था उत्तर कोरियामा भएका ब्रोकरहरु गर्छन् । त्यसैले उनीहरुलाई लामो यात्रा तय गर्नुपर्छ । र पहाड पनि चढ्नुपर्छ । कल कनेक्टका लागि घण्टौ पर्खनु पनि पर्छ । त्यसपछि दक्षिण कोरियामा भएका व्यक्तिले पैसा पठाउनका लागि अनुमति दिन्छन् । राज्य सुरक्षा मामिलाका मन्त्रालयको निगरानीबाट बच्नका लागि कुराकानी रोकी रोकी गर्नुपर्छ । 

त्यसपछि दक्षिण कोरियाली ब्रोकरको सहयोगमा यो रकम चिनियाँ बैंकको खातामा जम्मा गरिन्छ । यहाँ पनि जोखिम उत्तिकै ह्ुन्छ । किनभने विदेशी मुद्राको आगागमनमा चीन सरकार पनि चनाखो भइरहेको हुन्छ । त्यसपछि चिनियाँ ब्रोकरको काम सुरु हुन्छ । चिनियाँ ब्रोकरले यसरी प्राप्त गरको पैसा उत्तर कोरियामा पु¥याउँछन् । यस्तो रकम उत्तर कोरियाली व्यापारिक कम्पनीका माध्यममा हुन्छ । यसका लागि उनीहरुले कैयन कुरिअर प्रयोग गर्छन् । 

सन् २०१३ मा उत्तर कोरिया छाडेका किम जिन सिओक पहिले उत्तर कोरियामा कुरिअरमै काम गर्दथे । “रकम पु¥याउनेहरु एक अर्कालाई चिन्दैनथे र चिन्नु पनि हुँदैनथ्यो । किनभने यो कामका लागि उनीहरुले जीवन जोखिममा राखेका हुन्थे”, उनले भनेका छन् ।  उनीहरु यसका लागि नयाँ नाम बनाउँथे । ब्रोकरहरु पनि नयाँ नाम र कोड प्रयोग गर्दथे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal