Skip to content

इथानोल उत्पादन कुनै रकेट साइनस होइनः कार्यकारी निर्देशक डा.चण्डिका भट्ट

nabil bank

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले बिलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले बताएका हुन् ।

इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउन पर्ने रहेकोमा उद्योग विभागले सो सम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए । ‘अब केही समयमा नै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइनस होइन’ उनले भने, ‘इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ ।’

इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनको भनाइ छ । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए । सन् २०२० मा नै पेट्रोलियम पदार्थको खपत हराएर जाने भनिएपनि अझैं ठूलो माग रहेको उल्लेख गर्दै भट्टले यो अझैं अगाडि जाने र पेट्रोलियम पदार्थको खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने बताए ।

अझ नेपाल जस्तो पेट्रोलियम पदार्थको उत्पादन नहुँने देशले त इथानोलको उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनको धारणा थियो । ‘राज्य नीति बनाइ सकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौं’ उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi