Skip to content

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता हुने

काठमाडौं । विद्युतीय माध्यमबाट विल तिर्दा १० प्रतिशत कर छुट पाइने भएको छ । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने भएको हो ।्

भदौ २१ गतेको निर्णयानुसार उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता गरिने भएको हो । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह (रेस्टुरेन्ट) बाट प्रदान हुने सेवा तथा सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवाहरुमा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुनेछ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ,‘अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुनबमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima