Skip to content
Prabhu

उड्न लागेका डेल्टा एयरलाइन्सका दुई विमान ठोक्किए

एजेन्सी । अमेरिकाको सबैभन्दा व्यस्त हार्ट्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा डेल्टा एयरलाइन्सका विमानहरू एक आपसमा ठोक्किएका छन् । यो घटना स्थानीय समयअनुसार मंगलबार बिहान करिब १० बजे भएको हो ।
टोकियो जान लागेको डीएल२९५ फ्लाइटले टेकअफको क्रममा लुइजियानातर्फ जान लागेको डीएल५५२६ फ्लाइटको पछाडिको भाग ठक्कर दिएको हो । यो ठक्करपछि क्षेत्रीय जेट एन्डेभर एयर सीआरजे ९० को पुछार भाँचिएको छ भने एयरबस ३६० को पखेटामा क्षति पुगेको छ।
प्रत्यक्षदर्शीहरूले खिचेका तस्वीरहरूमा लुइजियानातर्फ जाने विमानको पछाडिको भाग लगभग ९० डिग्रीको कोणमा बाङ्गिएको देखिएको छ । अहिलेसम्म दुबै विमानमा भएका २७७ यात्रुमध्ये कसैलाई पनि चोटपटक नलागेको खबर छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal