Skip to content
Prabhu

गौरी जोशीको अग्रसरतामा विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने

nabil

काठमाडौं। विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेकाका छन्।

गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो।

अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए।जोशी १० औं महाधिवेशनमा महासचिव चुनिएका थिए । 

११ औं महाधिवेशनमा भेरो मार्फत भएको चुनावमा महासचिव चुनिएका थिए । यद्यपी भेरो मार्फत भएको चुनावमा धाधली गरेको आरोप अध्यक्षका प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले लगाएका थिए । सरकारी छानबिनमा चुनाव निष्पक्ष नभएको रिपोर्ट दिएको थियो । 

अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो। सर्वोच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ।

नयाँ संस्था सञ्चालनको तयारीमा जुटेकाजोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेको समेत दावी गरे।

‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हो। आफू–आफूबीच इगो पालेर केही हुँदैन। एनआरएनएको औचित्य शून्य भइसक्यो। यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उनले भने।

पूर्व अध्यक्षहरूको जुँगाको लडाईँले एनआरएनए अभियान सखाप भएको उनको आरोप छ। ‘मिल्ने बेला नमिल्ने। आफू–आफूहरूबीच इगो लिने १अहिले कसरी मिल्छ त रु मिलेर ६ महिनाभित्र संस्था एक हुन्छ भन्नु असम्भव छ। कोही पनि भ्रममा नपरे हुन्छ,’ उनले भने।

जोशीले पछिल्लो समयमा विदेशमा नेपाली व्यवसायीहरूको संख्या बढ्दै गएको बताउँदै उनीहरूलाई समेट्न एउटा संस्था आवस्यक रहेको बताए।

‘यो संस्था राजनीति गर्ने थलो हुँदैन। व्यापार–व्यवसायलाई मात्र केन्द्रित गरेर सञ्चालन हुन्छ। युवा पुस्ता र विदेशमा हुर्किरहेको पुस्तालाई समेट्ने तार्गेट हो,’ उनले भने।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal