Skip to content
Prabhu

दशैंलक्षित सुपथ मूल्य पसल असोजको पहिलो सातादेखि सञ्चालन हुने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोजको पहिलो सातादेखि दशैंलक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले देशभर ४२ जिल्लाका ६० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको हो ।

काठमाडौं उपत्यकामा भने ४ स्थानमा यस प्रकारको पसल सञ्चालन हुने कम्पनीले जनाएको छ । काठमाडौंको थापाथली र रामशाह पथ, ललितपुरको नख्खु र भक्तपुरमा सुपथ पसल सञ्चालन हुनेछ ।

पसलमा सामान्य मूल्यभन्दा ५ देखि १० रुपैयाँसम्म सस्तोमा सामान पाउन सकिने छ । खाद्यले हरेक वर्ष चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । गत वर्ष पनि ४९ स्थानमा पसल सञ्चालन गरेको थियो ।

उपभोक्ताको हितलाई मध्यनजर गरेर यसवर्ष गत वर्षभन्दा ११ वटा स्थानमा पसल थप गरिएको बताइएको छ । यसवर्ष स्थानीय तहसँग पनि समन्वयन गर्ने सम्भावना रहेको भन्दै ६० भन्दा धेरै स्थानमा पसल सञ्चालन हुनसक्ने उनले कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal