Skip to content
Prabhu

सिन्धुपाल्चोकमा जिप दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जिप दुर्घटना भएको छ । बा२च ४४५० नम्बरको जिप बुधबार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले जानकारी दिए ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङमो छन् । जिप चालक सिन्धुपाल्चोककै चन्द्र भण्डारी थिए । उनको अवस्था सामान्य छ । प्रहरीका अनुसार जिप हेलम्बु गाँउपालिका–१, दोरिमबाट खारपाङ जाने क्रममा दुर्घटना भएको हो ।

घाइते पाँचमध्ये तीनजनालाई फिस्टेल हेलिकप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको छ । दुईजनाको भने जिल्ला अस्पताल सिन्धुपाल्चोकमा उपचार भइरहेको जनाइएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal