Skip to content

टरिगाउँ विमानस्थलबाट अब मंगलबार पनि उडान हुने

दाङ । दाङस्थित टरिगाउँ विमानस्थलमा अब मंगलबार पनि हवाई उडान हुने भएको छ। यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मंगङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए।

उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान भर्ने छ। दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको प्रमुख सुनारले बताए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T