Skip to content
Prabhu

सातामा सुनको मूल्य तोलामा ४२ सयले बढ्यो

काठमाडौं । सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरिरहेको छ । यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सोही क्रममा, शुक्रबार सुन तोलाकै १ लाख ५६ हजार ३०० रुपैयाँको उचाइमा पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

साताको चोथो दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । बुधबारको रेकर्ड शुक्रबार तोडिएको हो । यसरी, नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । सातामा दुई दिन रेकर्ड बनाएको सुनको मूल्य ४ हजार २०० रुपैयाँले महँगिएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार र मंगलबार बढेर प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ पुग्यो । तर, बुधबार भने सुनको मूल्य उच्च रेकर्ड राख्दै प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँ पुग्यो । त्यसपछि बिहिबार भने सुनको मूल्य सामान्य घटेर तोलाको १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो ।

सुन कारोबार हुने साताको अन्तिम दिन शुक्रबार भने सुनको मुल्यले पुनः अर्को रेकर्ड कायम ग¥यो । यस दिन सुन तोलाकै १ लाख ५६ हजार ३०० रूपैयाँको उचस्तरमा कारोबार भयो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताभीमा चाँदीको भाउ तोलामा ११० रूपैयाँले बढेको हो । आइतबार, चाँदी तोलाको १ हजार ७५० रुपैयाँ रहेको मुल्य शुक्रबार प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भयो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal