Skip to content

नेपालको आर्थिक विकासको लागि जर्मनीले ८० करोड सहायता उपलब्ध गराउने

काठमाडौं । जर्मनीले नेपालको आर्थिक विकासको लागि ५६ लाख युरो( ८० करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने भएको छ । जर्मनले नेपालको आर्थिक विकासमा सहयोग उपलब्ध गराउने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । 

सन् २०२३ मा नेपाल र जर्मनीबीच कूटनीतिक मित्रताको ६५औँ वार्षिकोत्सव मनाइयेको थियो ।

 जर्मन सरकारले विगतका वर्षहरूमा नेपालको विकास प्रयासमा निरन्तर रूपमा विभिन्न तरिकाले योगदान गर्दै आएको छ। जर्मन सरकारले ऊर्जा, स्वास्थ्य, सुशासनका क्षेत्रमा सक्रिय योगदान पुर्याउदै नेपाललाई दिगो विकास लक्ष्यहरू पूरा गर्न सहयोग गर्दै आएको छ । 

अनुदानमार्फत काठमाडौंस्थित जर्मन दूतावासले नेपाल–जर्मन सम्बन्धलाई अझ प्रगाढ बनाउने र नेपाली जनतालाई आफ्नो बहुमूल्य सहयोग जारी राख्ने लक्ष्य राखेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T