Skip to content
Prabhu

आयरल्याण्डको विमानस्थलमा लोडसेडिङ हुँदा हजारौँ यात्रुलाई सास्ती

एजेन्सी । हामी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे त जानकार छौँ नै । समय समयमा विमानस्थलमा भएको असुविधाप्रति आक्रोश पनि व्यक्त गर्दछौँ । र, विदेशी विमानस्थलमा यस्तो र उस्तो सुविधा भनेर कैयौँ  तर्कहरु पनि गर्छौ ।
हामीहरुले हाम्रोमा मात्रै यस्तो समस्या हो भने झैँ गरी तर्क गरिरहेका हुन्छौँ । कहिले जापानमा दुई वटा कैची हराउँदा उडान डिले भएका घटना हुन् वा विश्वको प्रविधिमा आएको समस्याले संसारभरका विमानस्थलमा देखिएको अवरोध होस् । समस्या आइनै रहेको हुन्छ ।
यस्तै समस्या आइतबार आयरल्याण्डमा पनि भएको छ । त्यहाँको डब्लिन विमानस्थलको टर्मिनल २ मा विद्युत अवरोधका यात्रुहरुले पाउनुसम्म दुःख पाए । विहानै देखिएको उक्त समस्याका कारण दिनभर उडानहरु डिले भए । विहान  गएको विद्युत् आउन लामो समय लाग्यो  दिउँसो मात्रै विद्युत् आएपछि मात्रै बल्ल यात्रुले उडान गर्न पाए ।
बिहान करिब ७ः५० बजे भएको यो विद्युत कटौतीले विमानस्थलका ब्याकअप जेनेरेटरहरूमा प्रभाव पारेको थियो । जसका कारण यात्रुहरूलाई चेक–इन गर्न, सुरक्षा जाँच गर्न, र बोर्डिङ प्रक्रियामा ढिलाइ भएको थियो, जसले गर्दा टर्मिनल भित्र र बाहिर लामो लाइनहरू लागेका थिए ।
यो अवरोध ईएसबी नेटवर्कमा भएको अन्डर भोल्टेजको कारण भएको थियो । जसले विमानस्थलमा ब्याकअप जेनेरेटरलाई चलाउन रोक्यो, जुन अघिल्ला विद्युत कटौतीहरूमा चलेको थियो । उक्त समस्याका कारण ३४ हजार ग्राहक विद्युतबिहीन बनेका थिए ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal