Skip to content
Prabhu

जाम्बियाका गैरआवासीय राजदूत चन्द र महासंघ अध्यक्षबीच भेट, पर्यटन र खानी क्षेत्रको प्रबर्द्धनबारे छलफल

काठमाडौं । नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग भेटवार्ता गरेका छन् । नेपालको निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघका अध्यक्षसँग नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दले नेपालमा लगानी विस्तार, अवसर तथा सम्भावनाका क्षेत्रका बारेमा कुराकानी गरेका हुन् ।

महासंघका अध्यक्ष ढकाल र नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दबीच नेपाल र जाम्बियाबीच सहकार्यका नयाँ अवसरहरू खोज्ने, द्विपक्षीय व्यापार प्रबद्र्धन गर्ने, लगानी विस्तार गर्ने लगायतका विषयमा कुराकानी भएको छ । दुवै देशको पर्यटन र खानी क्षेत्रलाई प्रबद्र्धन गरी आर्थिक विकासमा हातेमालो गर्ने विषयमा छलफल भएको नेपालका लागि जाम्बिया गणतन्त्रका अवैतनिक वाणिज्य दूत देशबन्धु बस्नेतले जानकारी दिएका छन् ।

जाम्बिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल उद्योग वाणिज्य महासंघबीच नयाँ अवसरहरुको खोजी गर्ने, द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, लगानी विस्तार गर्ने तथा पर्यटन र खानी क्षेत्रको प्रबद्र्धनमा सहकार्य विषयमा समझदारी समेत बनेको छ । यसका लागि जाम्बिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल उद्योग वाणिज्य महासंघबीच निकट भविष्यमै समझदारीमा औपचारिक हस्ताक्षर हुने भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal