Skip to content
Prabhu

रेकर्डबाट झर्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्ला दुई दिन लगातार रुपमा कीर्तिमान कायम गरेको सुनको मूल्य आज तालामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार र सोमबार रेकर्ड कायम गरेको सुन आज सो मूल्यबाट  झरेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal