Skip to content
Prabhu

अनरको दसैं अफरः स्मार्टफोन किन्दा स्कुटरदेखि थाइल्यान्ड भ्रमणको अवसर

काठमाडौं । अनर नेपालले दसैंको अवसरमा ‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत कुनै पनि ग्राहकले अनरको स्मार्टफोन किन्दा थाइल्यान्ड भ्रमण र अन्य पुरस्कार जित्ने मौका पाउनेछन् ।

यो अफर यसै सेप्टेम्बर १७ देखि नोभेम्बर ७ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत बिक्रेतामा उपलब्ध हुने कम्पनीले जनाएको छ । अनर स्मार्टफोन खरिद गर्ने सबै ग्राहक अफरमा समावेश हुनेछन् ।

अफरअन्तर्गत दैनिकरूपमा अनरको च्वाइस एयरबड्स एक्स५ र स्याकी जीटी वाच जित्न सकिनेछ । साप्ताहिक पुरस्कारका रूपमा मार्सल स्पिकर र अनर २०० जित्न सकिने कम्पनीले जनाएको छ ।

विशेष ग्रान्ड पुरस्कारका रूपमा थाइल्यान्ड भ्रमण, अप्रिलिया स्कुटर र अनर म्याजिक भी२ जित्न सकिने कम्पनीले बताएको छ ।

अनर नेपालका राहुल राठीले दसैंको अवसरमा ुअनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्ु अभियान सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । अफर अवधिभर अनर खरिदकर्ताले खल्ती एपमार्फत दामी क्यूआर स्क्यान गरी आफ्नो पुरस्कार थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal