Skip to content
Prabhu

बुधबार सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज भने प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, आज चाँदी १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ भने अघिल्लो दिन १ हजार ९ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ५७२ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० दशमलव ४८ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal