Skip to content

अपर सेती हाइड्रो र लक्ष्मी सनराइज बैंकबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता

काठमाडौं । अपर सेती हाइड्रो र लक्ष्मी सनराइज बैंकबीच कास्कीको सेती नदीमा २० मेवा क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्न सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १०, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसेकेको छ । सो कम्पनीको प्रवर्द्धकको रूपमा केसी ग्रुप रहेको छ ।

सो परियोजना निर्माणको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदकरसंस्थापकहरूको लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढवा दिने बैंकको योजनालाई अझ सार्थक बनाउनेछ ।

सो २० मेगावाट क्षमताको सो आयोजना निर्माण पश्चात वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सनराइज बैंकको हरित ऊर्जा प्रवर्द्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिने जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima