Skip to content
Prabhu

बिहीबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले सस्तो भएको हो ।

अघिल्लो दिन तोलामा ३०० रुपैयाँले घटेको थियो । आज छापावाला सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस २ हजार ५६२.५२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.४४ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal