Skip to content
Prabhu

वृज सिमेन्टको व्यापारमा निरन्तर गिरावट, १ अर्ब १९ करोडको कारोबार

काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको व्यापारमा गिरावट आएको छ । सन‍् २००० मा स्थापना भएको यो कम्पनीको व्यापारमा पछिल्लो ४ वर्षदेखि निरन्तर गिरावट आइरहेको हो ।

सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाखको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीको व्यापारमा कमी आएर २ अर्ब १२ करोड २० लाखको व्यापार गरेको थियो ।

सन् २०२४ मा पनि यसको व्यापारमा गिरावट आएको छ । सन् २०२४ को ९ महिनामा कम्पनीको व्यापार १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ । सन् २००० मा स्थापना भएको यो कम्पनीले १ हजार २०० टन प्रतिदिनको ग्राइन्डिङ क्षमताका लागि अनुमित पाएको छ ।

केडिया समूहको ५० प्रतिशत स्वामित्व रहेको कम्पनीमा बाँकी ५० प्रतिशत स्वामित्व भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिसँग रहेको छ । ब्रिजले मुख्यत दुई ब्रान्ड नाममा ओपिसि सिमेन्ट, पाँच ब्रान्ड नाममा पिपिसी सिमेन्ट र एक ब्रान्ड नाममा पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । यसको उद्योग रुपन्देही जिल्लाको गोनाहामा रहेको छ ।

व्यापारमा गिरावट आएको कम्पनीले हाललाई ८९ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ पाएको छ । जसमा रेटिङ एजेन्सी इक्रा नेपालले २८ अर्ब ५४ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि एल बी प्लस र ६० करोड ९९ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal