Skip to content
Prabhu

सिजीका घरायसी सामग्री किन्दा १० वटा सुनका सिक्का जित्ने अवसर

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डिए)ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०/१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् ।यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ । यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

यस अभियान भदौ २३ गितेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ । नेपालकै नं १ र ठुलो ब्राण्ड सिजी प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal