Skip to content
Prabhu

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज तालामा १ हजार ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन सामान्य घटेको सुनको मूल्य हप्ताको अन्तिम दिन फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको भन्दा ३५ रुपैयाँले महंगो हो । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal