Skip to content
Prabhu

मेची भन्सारद्वारा २ महिनामा २ अर्ब ४२ करोड राजस्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु. दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो ।

चालु आवमा कार्यालयले रु, १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कल गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट रु. एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व सङ्कलन भएको हो ।

कार्यालयले गत आव २०८०/८१ मा रु. १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा गत आवको भन्दा रु. ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal