काठमाडौं । आइतबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । गत हप्ताको अन्तिम दिन पनि उच्च अंकले बढेर बन्द भएको सुनको मूल्यले आज नेपाली बजारमा फेरि नयाँ कीर्तिमान कायम गरेको हो ।
आज सुन तोलामा १ हजार ७०० रुपैयाँले बढेर १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा भदौ ३१ गते सुनको मूल्य १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सो मूल्यको रेकर्ड तोडिएको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्