Skip to content
Prabhu

नेपालपे क्यूआरको शुभ लाभ अफर सार्वजनिक

nabil

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दसैं तथा तिहारको हर्षाेल्हास सँगै नेपालपे क्यूआरमा शुभ लाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म (२१ सेप्टेम्बर देखि १५ अक्टोबर, २०२४) लागू हुनेछ ।

सो अफरअन्तर्गत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले Sureshot Cashback पाउनुका साथै जति धेरै क्यूआर कारोबार गर्नेछन् त्यति धेरै ‘लक्की ड्र’मा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । उक्त अफर अवधिभरि न्यूनतम रु २०० वा सो भन्दा बढिको न्यूनतम १० वटा वा सो भन्दा बढि कारोबार गर्ने ग्राहकहरुले रु. २०० क्यासब्याक प्राप्त गर्ने छन् । साथै लक्की ड्रका लागि पनि योग्य हुनेछन् ।

लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरु जस्तै टिभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोनहरु छन् । ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ, वालेटहरु तथा कनेक्ट आइपीएस एपबाट सजिलै नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू हुने छैन ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपालपे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal