काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन बनाएको रेकर्ड आज नै तोडिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५९ हजार २०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० सय रुपैयाँ थियो । अघिल्ला दिन कायम भएको रेकर्ड आज नै तोडिएको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको मूल्य त्यति नै रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता लगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको उनले बताए । सुनको मुल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो टे«ण्ट जस्ता विभिन्न कारणले भाउ अझै केही दिन बढ्ने उनको अनुमान छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस २ हजार ६२९.७२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३१.१२ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्