Skip to content
Prabhu

पशुपतिनगर भन्सारद्वारा १ करोड ३४ लाख राजस्व संकलन

 

इलाम । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा १ करोड ३४ लाख १३ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले १ करोड ९१ लाख ७१ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो । 

यसैगरी आव २०७७/७८ मा १ करोड ८९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले १ करोड २ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए । यस्तै आव २०७८÷७९ मा २ करोड ५३  लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार रुपैयाँ संकलन भएको थियो । 

कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९/८० मा २ करोड ५० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा २ करोड ७१ लाख ८२ हजार रुपैयाँ संकलन गरिएको थियो । अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व संकलन भएको हो । पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन् । 

‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ’, उनले भने । 

नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal