Skip to content
Prabhu

व्यवसायी संघ कतारको अध्यक्षमा महेन्द्र चम्लागाई चयन, लगानी भित्राउने भूमिका खेल्न महासंघ अध्यक्ष ढकालको सुझाव

दोहा । नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा पुनः महेन्द्र चम्लागाई चयन भएका छन् । संघको दोस्रो साधारणसभाले चारवर्षको लागि चम्लागाईको अध्यक्षमा पुन निर्विरोध निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको हो । 

संघको उपाध्यक्षमा राजेन्द्रकुमार शर्मा(आरके),राजु रेग्मी(राज),प्रकाश कोइराला,रमेश भट्ट चयन भएका छन् । महासचिवमा शंकर न्यौपाने,सचिव सुनिलकुमार घिमिरे र राजेन्द्र देवकोटा,पूर्णबहादुर पोखरिया र कोषाध्यक्षमा चुडामणी कार्की,सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भए । 

कार्यसमिति सदस्यमा रामु रेक्ष्मी,क्रान्ति सिंह,रामचन्द्र पन्थ,कमलप्रसाद न्यौपान,टंकबहादुर खड्का,श्रीकृष्ण भट्टराई,राकेश श्रेष्ठ,मन्जु खनाल,नारायणप्रसाद शर्मा,वासिम अक्रम चयन भए । 

साधारणसभाको सहभागी हुन आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी भित्राउने भूमिका विदेशमा रहेका नेपाली व्यवसायीहरुले खेल्नुपर्ने बताए । उनले महासंघले विदेशमा रहेका नेपाली व्यवसायी संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । 

नेपाल व्यवसायी संघ कतार कतारको सरकारी निकायमा दर्ता भएको नेपाली व्यवसायीहरुको संस्था हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal