एजेन्सी । चीनको केन्द्रीय बैंकले देशको सुस्ताइरहेको अर्थतन्त्रलाई पुनर्जीवित पार्नका लागि नयाँ आर्थिक प्याकेजको घोषणा गरेको छ । पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोङशेङले ऋण लिँदा लाग्ने खर्च कटौती गरी बैंकलाई कर्जा प्रवाहका लागि प्रोत्साहनको प्याकेज घोषणा गरे ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले गत वर्ष पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न नसकेको र पछिल्लो समय अधिकांश सूचकहरु लगातार सन्तोषजनक नभएपछि उक्त घोषण गरिएको हो । उक्त घोषणासँगै एसियाको शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
विरलै हुने पत्रकार सम्मेलनमा उपस्थित भएका पान उक्त घोषणका क्रममा दुई वित्तीय नियमनकारी निकायका व्यक्तिलाई पनि साथमै राखेका थिए । जसमा पानले केन्द्रीय बैंकले बैंकहरुलाई रिजर्भमा राख्नुपर्ने कम अर्थात् रिजर्भ रिक्वायरमेन्ट रेसिया (आरआरआर) कम गर्ने समेत बताए । हाल कायम रहेको आरआरआरलाई ०.५ प्रतिशतले कम गर्ने उनले बताए । जसले गर्दा बैंकहरुले १ ट्रिलियन युआन अर्थात् १४२ बिलियन अमेरिकी डलर थप लगानी गर्न सक्नेछन् । गभर्नर पानले यो कदमबाट सकारात्मक नतिजा प्राप्त भएमा आगामी वर्ष थप कटौती गर्न पनि सकिने जनाएका छन् ।
केन्द्रीय बैंकको उक्त कदमले चीनको संकटमा परेको प्रपर्टी बजार चलायमान हुने अपेक्षा गरिएको छ । साथै मारजेग लोन कटौती तथा डाउन पेमेन्ट पनि घटेर १५ प्रतिशतमा सीमित हुनेछ ।
चीनको रियल स्टेट क्षेत्रमा सन् २०२१ देखि मन्दि देखिएको छ । जसका कारण कैयौँ निर्माण कम्पनीहरु टाटा पल्टिएका छन् भने कैयौँ निर्माण भइसकेका घरहरु बिक्री हुन नसकेका छैनन् । हाल सुरु भएका केही आयोजनाहरु पनि मन्दीका कारण पूरा हुन सकेका छैनन् ।
चीनको केन्द्रीय बैंकले यो स्टिमुलस प्याकेज अमेरिकाको फेडेलर रिजर्भले चार वर्षपछि ब्याजदरमा गरेको कटौतीपछि ल्याएको हो । उक्त प्याकेज घोषणपछि एसियाका प्रमुख शेयरहरुहरु सांघाई र हङकङमा तीन प्रतिशतभन्दा बढीको बढोत्तरी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्