काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा पछिल्लो दिनहरुमा लगातार रुपमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको हो ।
आइतबारदेखि लगातार रुपमा किर्तिमान कायम गरिरहेको सुनको मूल्य ताज तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । हिजोको रेकर्ड आज तोडिएको हो । आज सुनको मूल्य अघिल्लो दिनको भन्दा ७०० रुपैयाँले महंगो भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता लगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको उनले बताए । सुनको मूल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो ट्रेन्ट जस्ता विभिन्न कारणले भाउ अझै केही दिन बढ्ने उनको अनुमान छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस २ हजार ६५९.५४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३१.९३ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्