Skip to content
Prabhu

डार्क प्याटर्नको विज्ञापन बनाएको भन्दै नाइकी र स्काइका प्रचार सामग्रीमा प्रतिबन्ध

nabil
एजेन्सी । गलत नियतले विज्ञापन बनाएको उल्लेख गर्दैै स्पोटर्स ब्राण्ड नाइकी र प्रसारण संस्था स्काइका विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । उपभोक्तालाई झुक्याउने गरी विज्ञापन निर्माण गरिएको भन्दै प्रतिबन्ध लगाइएको हो । ती विज्ञापनहरु ग्राहका लागि भ्र्रामक भएको दाबी गरिएको छ ।
नाइकीले सामाजिक सञ्जालमा राखेको एउटा विज्ञापनमा जुत्ताको मूल्य २६ पाउण्ड देखाइएको थियो तर विज्ञापन क्लिक गरेपछि उक्त जुत्ता बच्चाको भएको पाइएको थियो ।
त्यसैगरी स्काइले पनि निःशुल्क ट्रायलपछि स्वतः शुल्क लाग्नेल जानकारीसहितको विज्ञापन गरेको थियो । तर जबसम्म ग्राहकले उक्त सेवा रद्द गर्दैनन् तबसम्म शुल्क लिइरहेको पाइएपछि उक्त विज्ञापनमा रोक लगाइएको हो ।
प्रचारप्रसार मापदण्ड प्राधिकरणले यस प्रकारका अनलाइन विज्ञापनलाई लक्षित गरी कारबाही गर्ने जनाएको छ । यसले ग्राहकलाई भ्रमित गराउन सक्ने जनाइएको छ ।
तर दुवै कम्पनीले भने विज्ञापनको बचाउ गरेका छन् । नाइकीको विज्ञापनमा एउटा ब्ल्याक हार्ट इमोजी र एक्सप्लोडिङ हेड इमोजी प्रयोग गरिएको थियो । जसले छुट प्राप्त हुने जनाउँछन् । तर प्राधिकरणले भने उक्त विज्ञापन सबै साइजका जुत्तामा छुट हुनुपर्ने आशयको भएको जनाएको छ । नाइकीले यूके३ र यूके६ जुत्तामा मात्रै छुट उपलब्ध गराएको थियो ।
प्राधिकरणले अनलाइन च्वाइस आर्किटेक्चरम्बन्धी छानबिन गरिरहेको जनाएको छ । जहाँ कम्पनीहरुले जानकारी लुकाउने वा ढिलो गर्ने उपकरण प्रयोग गर्ने जनाइएको छ । जसलाई डार्क प्याटर्न रणनीति भनिन्छ । यसमा साना शुल्क थप्ने ड्रिप प्राइसिङ र मूल्यको पारदर्शितामा कमी ल्याउने उल्लेख गरिएको छ ।
स्काइको हकमा भने प्राधिकरयणले नाओ टिभीको निःशुल्क परीक्षणसम्बन्धी आलोचना गरेको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal