Skip to content
Prabhu

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई आइएमएफले साढे नौ खर्ब रुपैयाँ दिने

nabil
एजेन्सी । पाकिस्तानमा  नगद अभाव भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषले सात अर्ब डलर अर्र्थात् ९ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । यसका लागि कोषले स्वीकृति प्रदान  गरिसकेको जनाएको छ ।
पाकिस्तानले उक्त रकममध्ये  एक अर्ब डलर प्राप्त गर्नेछ । उक्त सहयोगका लागि पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले स्वागत गर्दै आइएमएफका प्रमुख क्रिस्टालिाइन जर्जिएएभालाई धन्यवाद दिए ।
पाकिस्तानले सन् १९५८ यता हालसम्म २० पटक आइएमएफबाट कर्जा लिइसकेको छ । हाल लिएको यो पाँचौ ठूलो रकम हो । आइएमएफले पाकिस्तानको अर्थतन्त्र सुधारका लागि नयाँ नीति आवश्यक भएको बताएको छ ।
पाकिस्तानले भने यो अन्तिम कर्जा हुने उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि प्रतिबद्धता जनाएको छ । सम्झौताअनुसार इस्लामाबादले करमा गरिएको वृद्धि हटाउनेलगायतका सहमति पनि गरेको छ ।
गत वर्ष पाकिस्तान कर्जा तिर्न नसक्दा डिफल्टर हुने अवस्थामा पुगेको थियो ।  तत्कालीन  समयमा पाकिस्तान एक महिनाको वस्तु तथा सेवा खरिद गर्नका लागि विदेशी मुद्रा  सञ्चिति नभएको अवस्थामा पुगेको थियो ।
आइएमएफले सन् २०२३ जुलाइनमा ३ अर्ब डलर बराबरको बेलआउट रकम स्वीकृत गरेको थियो । पाकिस्तानले साउदी अरेबिया र  युनाइटेड अरब इमिरेट्ससँग पनि रकम लिएको थियो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal