Skip to content
Prabhu

एनसीसी जापानका अध्यक्ष नविन निउरेको टिम भूकम्प प्रभावितको लागि दोस्रो चरणको राहतमा क्रियाशिल

टोकियो ।  नयाँ वर्षका दिन जापानको ईशिगावा प्रिफेक्चरमा गएको भुकम्पका कारण प्राकृतिक विपत्तिमा परेका जापानी नागरिकहरूलाई पहिलो चरणमा खानाखुवाएकोबाट प्रभावित भै त्यहाँको नानाओ सीले पुन खाना खुवाइदिन गरेको औपचारिक अनुरोधलाई स्वीकार गरि दोस्रो चरणका रुपमा मगलबार र बुधबारजम्मा ६ सय ९० जनालाई खाना खुवाउने कार्य गरिएको छ।

 

 

मंगलबार नानाओ सिटि मिसोगी कम्युनिटि सेन्टर १२० इसिजाकी विद्यालय २००, सान्नो विद्यालयमा १५० नोतो हान्तो कम्युनिटि सेन्टरमा १०० र बुधबार मिसोगीकम्युनिटि सेन्टर १२० गरि जम्मा ६९० जनालाई खाना खुवाइएको एनसीसी जापानले जनाएको छ ।

पहिलो चरणमा वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरि ४०० त्यसै गरि शनिबार सुजुसीइदा माध्यामिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरि ३२५ जना गरि कुल ७२५ जनालाई खाना खुवाइएको र ४ वटाअस्थायी शौचालय प्रदान गरिएको थियो ।

भूकम्प प्रभावित जापानी नागरिकलाई नेपालीको तर्फबाट सहयोग गर्ने उद्देश्यले एनआरएनए जापानले विपत्तिको समयमा हाम्रो कर्मभूमिमा रहनुको नातालेआफ्नो स्थानबाट केहि भएपनि भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहयोग गरौं भन्ने ध्येयका साथ एनआरएनए जापानमार्फत सकेको सहयोग गरिएको हो ।

 

 

 

 

विपत्तिका बेला सहयोग गर्नका लागि निर्देश गर्ने एनआरएनए जापानको कार्यसमितिका साथै प्रतिकूल मौसमका वावजुद पनि भैतिक रुपमा अध्यक्ष नविननिउरेको नेतृत्वमा सक्रिय सहभागिता जनाउने हुने यस कार्यक्रमका संयोजक विष्णु प्रसाद सापकोटा, विशेषज्ञ समितिका सदस्य जिज्ञान कुमार थापा र हरिसापकोटा एनआरएनए जापानका सदस्य दिलिप शर्मा, बागलुङ समाजका अध्यक्ष यम कँडेल, पवन थापा, रामु सापकोटा र नन्दु सापकोटा खटेका थिए । 

 

एनसीसी जापानले राहत अभियान सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । 

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal