Skip to content
Prabhu

साताको सुन : हरेक दिन किर्तिमान कायम गरेको सुनको मूल्य २४ सयले बढ्यो, चाँदीको मूल्यमा पनि नयाँ रकर्ड

nabil

काठमाडौं । यो साताको सबै दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरिरहयो । साताको पहिलो दिन आइतबार देखि शुक्रबारसम्म नै सुनको मूल्यले नयाँ किर्तिमान बनाउँदै तोड्दै गयो ।

यो साताको पहिलो दिन आइतबार रेकर्ड बनाएको सुनको मूल्यले छैंठौ दिन शुक्रबारसम्म पनि दैनिक रेकर्ड बनाएको छ । आइतबार उच्च रेकर्ड राख्दै प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँ तोकिएको सुनको मूल्य लगातार ६ दिन बढिरह्यो । सोमबार तोलाको १ लाख ५९ हजार २०० रूपैयाँ पुगेको सुनको मूल्य मंगलबार १ लाख ५९ हजार ७०० रूपैयाँ कायम भयो । बढ्ने क्रमलाई निरन्तरता दिँदै सुन बुधबार प्रतितोला १ लाख ६० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो भने बिहीबार १ लाख ६० हजार ७०० रूपैयाँको उचाइमा पुगेको थियो ।

यसैगरी, शुक्रवारसम्म पनि सुनको मूल्यले उच्च ऐतिहासिक रेकर्ड राख्यो । यस दिन सुन प्रतितोला एक लाख ६१ हजार २०० रूपैयाँमा खरिदबिक्री भएको थियो । यो मूल्य साताको पहिलो दिनको तुलनामा तोलामा २ हजार ४०० रूपैयाँले बढी हो ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड

यस साता नेपाली बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १ हजार ९२० रूपैयाँ रहेको चाँदीको मूल्य सोमबार स्थिर रहेर मंगलबार घटेर १ हजार ९१५ रूपैयाँमा झरेको थियो । त्यस्तै, बुधबार चाँदीको भाउमा प्रतितोला १ हजार ९५५ रूपैयाँ कायम भई नयाँ रेकर्ड बन्यो । बिहीबार र शुक्रबार भने सोही मूल्यमा चाँदीको भाउ स्थिर रहेको थियो ।

यो मूल्य साताको पहिलो दिनको तुलनामा तोलामा ३५ रूपैयाँले बढी हो । यसरी, यो साता उच्च मूल्यमा नै सुन तथा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि भएकाले नेपाली बजारमा पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो । विश्व बजारमा यो साता सुन प्रति औंस २ हजार ७०० डलर नाघेको थियो । शुक्रबार भने सुन प्रति औंस २ हजार ६६४ डलरमा किनबेच भएको थियो । पछिल्लो एक महिनामा सुन ६.५९ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

सुनको मूल्य बढ्नुका कारण सुनमा लगानी बढ्नु रहेको छ । लगानीकर्ताहरूले सुनतर्फ लगानी मोड्दा सुनको भाउ बढेको महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal