Skip to content

२ लाख ५० हजार घुससहित ललितपुरका नापी सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

nabil bank

काठमाडौं । अख्तियार दुररुपयोग अनुसन्धान आयोगले मंगलबार ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी साढे २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी छन्। 

उनीहरूले जग्गा कित्ताकाट गरी जग्गा धनी प्रमाणपुर्जा बनाउनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप छ। 

घुस मागेको सूचनापछि खटिएको अख्तियारको टोलीले उनीहरूलाई कार्यालय परिसरबाटै पक्राउ गरेको प्रवक्ता घिमिरेले बताए। उनीहरूले सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ लिइसकेका थिए। 

अख्तियारले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi