काठमाडौं । होटल तथा रेष्टुरेन्टले एमआरपीमै बोतलको पानी बिक्री गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छफलफल पछि व्यवसायीहरुले एमआरपीमै बोतको पानी बिक्री गर्ने भएका हुन् ।
होटल संघ नेपालले आज विज्ञप्ति जारी गरेर एमआपीमै बोतलको पानी बिक्री गर्ने जनाएको छ । सरकारी प्रतिनिधिहरुले नियमानुसार चाडपर्व अवधिभर नियमित ढंगबाट अनुगमन गर्ने, तर होटल तथा रिसोर्टहरुको हकमा भने अनुगमन नगरिने । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) ले आफ्ना सदस्यहरुलाई एमआरपीमै पानी बोटल विक्री वितरण गर्न समन्वयन गर्ने विज्ञप्तिमा भनिएको छ । त्यस्तै नियामक निकायसँगको छलफल तथा सहमतिअनुसार पानीको वास्तविक मूल्य भन्दा होटल व्यवसायमा सेवाको मूल्य प्रतिशत अधिक हुने भएकोले होटल तथा रिसोर्टहरुले पानीको बोटलमा आफ्नै लेबल, ब्राण्ड र एमआरपी राखी बिक्री वितरण गर्न सहमति भएको छ ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाह, वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित, रेवान र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंका अध्यक्षसहितको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री, सचिव, उद्योग विभागका महानिर्देशकबीच यस्तो सहमति भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्