Skip to content
Prabhu

सडक सञ्जाल सञ्चालन नहुँदासम्म सस्तो दरमै हवाई टिकट बिक्री गरिने

nabil

काठमाडौं । विमान कम्पनीहरूले सडक सञ्जाल सञ्चालन नहुँदासम्म उच्च भाडादरमा टिकट नबेच्ने भएका छन् । वायुसेवा सञ्चाक संघ, नेपालले सोमबार विज्ञप्ति जारी गरेर विपद्को घडीमा सरकारले तोके बमोजिमको अपर लिमिट (उच्च भाडादर) मा नै टिकट नबेच्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा सडक सञ्जाल सञ्चालन नभएसम्मका लागि आइतबार गरिएको निर्णय जारी रहने बताइएको छ । आइतबार संघले असोज १४ गतेदेखि १६ गतेसम्म अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको थियो । यो निर्णयलाई अब सडक सञ्जाल सञ्चालन नहुँदासम्मका लागि कायम राखिने बताइएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal