काठमाडौं । नेपाल टेलिकमको कम्पनी सचिवमा द्धारिका प्रसाद पौडेल नियुक्त भएका छन् । केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।
साथै, टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । साथै उनले सञ्चालक पदको पद तथा गोपनियताको शपथ समेत ग्रहण गरिसकेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्