Skip to content
Prabhu

विश्वकै ठूलो हिरा बजारमा मन्दी, ३० हजारको जागिर जाँदा ६५ जनाले गरे आत्महत्या

nabil
एजेन्सी । विगत सात वर्षदेखि हिरा चम्काउने काम गरिरहेका भारत गुजरात सुरतका निकुञ्ज टंक गत मे महिनादेखि बेरोजगार भए  । रुस र युक्रेनबीचको युद्धको असर विश्वको हिरा कारोबारमा पर्दा उनले जागिर गुमाएका थिए ।
गुजरातको सुरत हिरा चम्काउने राजधानीका रुपमा परिचित छ । जहाँ विश्वकै सबैभन्दा धेरै हिसा पोलिस गर्ने अर्थात्  चम्काउने काम गरिन्छ । उनी काम गर्ने युनिटले युद्धका कारण व्यवसाय नपाएपछि उनी र उनी जस्ता कैयौँ बेरोजगार बस्नु परेको थियो । परिवारको एक्लै कमाउने उनले आम्दानीको अर्को कुनै विकल्प नदेखेपछि अन्त्यमा गत अगष्टमा आत्महत्याको बाटो रोजे । उनको परिवारमा आमा, बुबा, श्रीमती र एक छोरी छन् । उनीसँग बचतका रुपमा केही पनि पैसा थिएन ।
पछिल्ला केही वर्ष आर्थिक मन्दीका कारण त्यहाँको हिरा उद्योगमा सुस्तता छाएको छ । जहाँ विश्वको ९० प्रतिशत हिरा निकार्ने र चम्काउने काम हुँदै आएको छ । उक्त स्थानमा हाल ५ हजार युटिन छन् जहाँ यस्तो काम हुन्छ । ती पाँच हजार युनिटमा आठ लाखभन्दा बढीले जागिर गरिरहेका छन् ।
सुरतमा १५ वटा ठूला पोलिसिङ युनिट छन् जहाँको वार्षिक कारोबार १२ अर्ब डलरभन्दा बढी छ । भारतको निर्यातमा यस्तो हिराको कारोबार सन् २०२२ मा २३ अर्ब डलरबाट सन् २०२३ मा १६ अर्ब डलरमा सीमित भएको छ । जबकी सन् २०२४ मा यो निर्यात १२ अर्ब डलरमा झर्ने अनुमान गरिएको छ ।
हिराको मूल्य पनि सन् २०२३ मा पाँच प्रतिशतदेखि २७ प्रतिशतसम्म कम भएको छ । कम माग र बढी आपूर्तीका कारण हिराको मूल्यमा कमी आएको जानकार बताउँछन् । स्टार जेमका महेस विरानीले आपूर्ती बढेकाले यस्तो अवस्था आएको बताउँछन् ।
स्टेट डाइमन्ड वकर्स युनियनले बीबीसी गुजरातीलाई भनेअनुसार पछिल्लो छ महिनामा मात्रै ३० हजारभन्दा बढी यस क्षेत्रबाट बेरोजगार भएका छन् । बेरोजगारीका कारण हालसम्म ६५ जनाले आत्महत्या गरिसकेका छन् ।
विज्ञहरुका अनुसार कोरोना महामारी, रुस र युक्रेनबीचको युद्ध, इजरायर र गाजाको युद्धका कारण हिराको कारोबारमा मन्दी छाएको र यसबाटै हजारौँले जागिर छाड्नुपर्ने अवस्था छ ।
हाल विश्वव्यापीरुपमा हिराको व्यापार २५ देखि ३० प्रतिशतले घटेको छ । भारतको निर्यात मात्रै ३० प्रतिशतले कमी आएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal