Skip to content

लाभांश प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले साधारण सभा बोलाएको छ । हाइड्रोपावरले कात्तिक १४ गतेका लागि वार्षिक साधारण सभा डाकेको हो ।

सभा होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै, सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतको प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक ६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्