Skip to content
Prabhu

चाडपर्वमा यात्रुवाहकलाई प्राथमिकता, नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधनमा रोक

nabil

काठमाडौं । मुग्लिन सडकखण्डमा ठूला सवारी साधानमा रोक लगाइएको छ । चितवनको नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधानमा रोक लगाइएको हो ।

विभागले सूचना जारी गर्दै ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कार्तिक १ गते पूर्णिमासम्म नारायण घाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाएको विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

तर, खाद्यान्नलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्ने छन् । विभागले दसैंका बेला काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal