Skip to content
Prabhu

रियलमीको शून्य प्रतिशतमा ईएमआई अफर, १२ महिनाको ईएमआई, ४० प्रतिशत डाउन पेमेन्टमा

nabil

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो । यस अफरअन्तर्गत रियलमीका फोनहरुमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

रियलमीको हेड अफ स्ट्राटेजी मुनिस गिरीले भने, ‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरूमा सुपथ मूल्यमा अत्याधुनिक प्रविधिको पहुँच पुर्याउने हो । शून्य ब्याजको यो नयाँ ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउनेमा हामी ढुक्क छौं । हामीलाई विश्वास छ कि दशैं तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ ।’

यो अफर घटस्थापनादेखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागु भएको छ । यस अफरअन्तर्गत रियलमीका २० हजारभन्दा माथिका फोनहरुमा ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal