Skip to content
Prabhu

उदीयमान भारतमा विमान कम्पनीको आक्रामक व्यवसाय, थपिँदै १६०० सय विमान

एजेन्सी । भारतीय कम्पनी टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डियाले गत वर्ष फेब्रुअरीमा ४७० विमान खरिदका लागि अर्डर दिएको थियो । जसमा एयरबसलाई २५० र बोइङ कम्पनीलाई २२० विमानको अर्डर दिइएको थियो । त्यसैगरी भारतको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी इन्डिगोले एयरबसलाई ५०० न्यरोबडी विमान खरिद गर्नका लागि अर्डर दिने घोषणा गरेको थियो । 

त्यति मात्रै होइन आकाशा एयरले पनि बिहीबार १५० विमानका लागि अर्डर दिने घोषणा गरेको छ । भारतमा तीव्रगतिमा विमान कम्पनीको बजारका लागि यी तीन ठूला कम्पनीले एक वर्षभन्दा कम समयमा एक हजार ११२ विमानका लागि अर्डर दिएका छन् । 

व्यवसाय सुरु गरेको दुई वर्षभन्दा पनि कम समयमा आकाशा एयरले १५० बोइङ ७३७ म्याक्स विमानका लागि एक अर्ड दिएको छ । जसमा ७३७ म्याक्स १० तथा ७३७ म्याक्स-८ २०० जेट छन् । सन् २०२३ मा भारतको आन्तरिक हवाई यातायात पनि नयाँ उचाईमा पुगेको छ । एयर इन्डिया तथा इन्डिगोले बोइङ तथा एयरबसका लागि कूल ९७० विमानका लागि अर्डर  दिएका छन् ।

आकाशा एयर, एयर इन्डिया र इन्डिगोले गत वर्ष फेब्रुअरीदेखि एक हजार १२० विमानका लागि अर्डर दिएका छन् । त्यति मात्रै होइन, भारतीयहरु त्यसभन्दा अगाडि अर्डर भएका विमानको डेलिभरीका लागि पनि तयार छन् ।  इन्डिगो एक्लैले एक हजार विमानका लागि अर्डर दिएको छ । ग्राउन्डेड गो फस्र्ट, जुन विमान कम्पनी आगामी मे महिनादेखि मात्रै उडान गर्दैछ उक्त कम्पनीले पनि ७२ वटा विमान कम्पनीका लागि अर्डर दिएको छ । भारतको आन्तरिक हवाई उडानका लागि आगामी वर्षमा कम्तीमा एक हजार ६ सय विमान डेलिभरी हुने अपेक्षा गरिएको छ । 

हाल भारतीय विमान कम्पनीहरुसँग ७३० विमान कम्पनी छन् । तर भारतको विमान कम्पनीको बजार तीव्र गतिमा बढिरहेको हुँदा सन् २०३० सम्म भारतीय विमान कम्पनीहरुसँग १५०० देखि २००० वटा विमान हुने अपैक्षा गरिएको छ ।

हालै भारतको हैदराबादमा आयोजित विङ्ग्स इन्डिया २०२४ मा विमान कलेक्सन एवम् प्रदर्शनका अवसरमा एयरबस इन्डिया तथा दक्षिण एसियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आर मि मिलार्डले एयर बस भारतमा आफ्नो कारोबार ७५ करोडल डलरबाट डेढ अर्ब डलर बढाउने गरी काम गरिरहेको छ ।

भारतमा आगामी २० वर्षमा २ हजार ८४० नयाँ विमान र ४१ हजार पाइलट, ४७ हजार कर्मचारीको आवश्यकता हुनेछ फ्रान्सको विमान निर्माता कम्पनी एयरबसको अनुमान छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal